नेपालमा पहिलो पटक वातावरण मैत्री इट्टा उत्पादन सुरु

Advertisement

गोर्खा । पालुङटारमा नेपालमै पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री इटट उत्पादन सुरु भएको छ । कोरियन कम्पनी इन्नोसिएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री इटट उत्पादन सुरु गरेको हो । 

नेपालमा अहिलेसम्म चिम्नीको प्रयोगबाट पोलेको इट्टा उत्पादन गर्ने उद्योग मात्रै रहेको छ । तर चिम्नीबिना नयाँ प्रविधिमार्फत इन्नोसिएसआरले उच्च प्रविधिको प्रयोगबाट नपोलिएको इट्टा उत्पादन शुरु गरेको हो । 

Advertisement

कम्पनीले नेपालमा पूर्वाधार निर्माणको लागि असल इट्टा पद्दतिबाट प्रविधि तथा वातावरणमैत्री इट्टा उत्पादन गर्न शुरु गरेको बताएको छ । कोरियामा सन् २००८ मा स्थापना भएको इन्नोसिएसआर कम्पनी नेपालमा २०१८ आएको थियो । 

अहिले उक्त कम्पनीले नयाँ प्रविधिबाट अहिलेसम्म कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स र चीनमा गरी पाँच देशबाट इट्टा उत्पादन शुरु गरिसकेको छ । कम्पनीका सञ्चालक विकास श्रेष्ठले नेपालमा पनि कोरियन प्रविधिको प्रयोगबाट आगो बिनानै नपोली इट्टा उत्पादन शुरु गरिएको बताए  । 

उनले नेपालमा चिम्नीमार्फत इट्टा उत्पादन गर्ने गरेकाले वातावरण प्रदुषण गर्ने गरेकाले थोरै भए पनि वातावरण प्रदुषण कम गरौं, पूर्वाधार निर्माणमा नयाँ प्रविधियुक्त वातावरणमैत्री इट्टा प्रयोग बढाउने उद्देश्यले इट्टा उत्पादन शुरु गरिएको बताए । 

श्रेष्ठले सरकारसँग वातावरणमैत्री इट्टा ठूला पूर्वाधार निर्माण प्रयोग बढाउने विषयमा समन्वय गर्ने काम भइरहेको बताए । उनले भने, ‘शुरुमा चिम्नीको उद्योग नै सञ्चालन गर्ने तयारी गरेको थियौं । अध्ययन गर्ने क्रममा नयाँ प्रविधि थाहा पाएपछि प्रविधिको प्रयोगबाट इट्टा उत्पादन शुरु गरियो । ग्राहकलाई नयाँ प्रविधिले बनेको इट्टा वातावरणमैत्री हुन्छ भन्ने गरेका छौं ।’ 

Advertisement

Advertisement