भिभोले रंग परिवर्तन हुने ग्लास विशेषताको फाइभजी फोन नेपालमा ल्याउने

Advertisement

काठमााडौं । भिभोले भी श्रृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । भी–२३ फाइभजी चाँडै नै नेपाली बजारहरूमा उपभोक्ताहरूका लागि उपलब्ध हुने सो ब्राण्डको भनाई छ । इन्डस्ट्री लिकको अनुसार टिपस्टरहरूले रंग परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटिका साथ यो फोन आउने खुलासा गरेका हुन् । 

भी श्रृंखलाका फोन भएकाले सेल्फी क्यामेरा यसको प्रमुख फोकस क्षेत्र हुनेछ । यो उपकरण सबै फोटोग्राफी र भिडियोग्राफीप्रेमीहरू, डिजिटल सामग्री सिर्जनाकर्ताहरू र भ्लगरहरूका लागि उपयुक्त हुनेछ ।

Advertisement

हल्लाअनुसार भिभो भी–२३ फाइभजी अगाडिको प्यानलमा उत्कृष्ट ५० एमपी अटोफोकस पोट्रेट सेल्फी सुविधाको साथ सुसज्जित हुनेछ । उद्योगको अग्रणी फ्रन्ट क्यामेरा भएको यस स्मार्टफोनले स्पष्ट, स्थिर र उज्यालो तस्बीर मात्र नलिएर यसको शिष्ट कार्यसम्पादनले फोटोग्राफरको मज्जा पनि थप्नेछ । 

मोबाइल फोटोग्राफीलाई समर्थन गर्ने ब्रान्डको रूपमा आफूलाई स्थापित गरिसकेको भिभोले अब आउने भी सिरिजको स्मार्टफोनले उपभोक्ताहरूमाझ हलचल मच्चाउनसक्ने आशा लिएको छ । यसबाहेक, भिभोले पछाडिपट्टि रंग परिवर्तन हुने ग्लास फिचर गरेको छ जसले उपकरणलाई ग्राहकहरूको लागि आकर्षक वस्तु बनाएको जनाइएको छ । 

Advertisement

Advertisement