सानिमा लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

Advertisement

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई ४.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको मंगलबार बसेको बैठकले आव २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव प्रिती श्रेष्ठले जनाएकी छिन् । 

Advertisement

बीमा समितिबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीहरुले पाउने छन् । 
 

Advertisement

Advertisement