एनसीसीको खुद नाफामा ३५ प्रतिशतभन्दा बढीको वृद्धि, प्रतिशेयर आम्दानी पनि बढ्यो

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले खुद नाफा ३५.१० प्रतिशतले बढाउन सफल भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको उक्त अवधिको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफामा उल्लेख्य वृद्धि भएको देखिएको हो । 

गएको आर्थिक बर्षको तेस्रो त्रैमाससम्म एक अर्ब १० करोड ११ लाख रुपियाँ खुद नाफा गरेको एनसीसीले यस बर्ष एक अर्ब ४८ करोड ७७ लाख रुपियाँ नाफा गर्न सफल भएको छ । 

Advertisement

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २६.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २३.२६ प्रतिशत बढ्दा खुद नाफामा पनि उल्लेख्य वृद्धि देखिएको हो । उक्त वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी ३ रुपियाँ ५८ पैसा बढेर १७ रुपियाँ ८१ पैसा पुगेको छ। 

गएको चैतसम्म एनसीसीको प्रतिशेयर नेटवर्थ १४३ रुपियाँ १ पैसा र मूल्य आम्दानी अनुपात १२.६९ गुणा रहेको छ। चालु आर्थिक बर्षको नौ महिनामा बैंकको निक्षेप १७.८१ प्रतिशतले, कर्जा प्रवाह २३.५८ प्रतिशतले र चुक्ता पूँजी ८ प्रतिशतले बढेको छ । 

Advertisement

Advertisement