लुम्बिनी विकास बैंकले गर्यो दुई नयाँ शाखा बिस्तार

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकले थप दुई वटा शाखा विस्तार गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका र बर्दियाको मधुवन नगरपालिकामा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

शाखा उद्घाटनमा बैंक सञ्चालक चिन्तामणि भट्टराई उपस्थित थिए । त्यस्तै, तारा ताल शाखाका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग वाणिज्य संघ तारा तालका अध्यक्ष देवेन्द्र तिमल्सिना पनि कार्यक्रममा उपस्थित थिए ।

Advertisement

अहिले लुम्बिनी विकास बैंकको शाखा ८३ पुगेको छ । बैंकले आफ्ना शाखा सञ्जाल वृद्धि गर्दै ग्राहकको सेवामा बैंकिङ पहुँचलाई सरल र सहज बनाउने जानकारी दिएको छ ।

Advertisement

Advertisement