मेगा बैंकले आईडीई नेपालसँगको सहकार्यमा २५ सय किसान कार्ड वितरण गर्ने

Advertisement

काठमाडौं । मेगा बैंकले साना कृषि व्यवसाय प्रर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग गर्ने उद्देश्यले आईडीई नेपालसँग सम्झौता गरेको छ । 

किसानलाई प्रविधिमैत्री बनाई बैंकिङ सेवालाई सरल र सहज बनाउने उद्देश्यसहित उक्त सम्झौता गरिएको बैंकले जनाएको हो ।

Advertisement

बैंककी कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिवना देशराज श्रेष्ठ र आईडीई नेपालका प्रमुख कोरी ओ हाराले सम्झौता पत्रमा हस्ताक्षर गरेको बैंकले जानकारी दिएको हो । 

सम्झौताअनुसार मेगा बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकहरुलाई व्यवसाय बिस्तार गर्न वा नयाँ उद्यमका लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । 

कामु सीईओ श्रेष्ठले लघु, घरेलु एवं साना मझौला उद्यमीहरुलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्नुको साथै सहुलियतपूर्ण कर्जा सेवा विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका सात जिल्लाहरु कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ र कपिलवस्तुमा रहेका बैंकका शाखामार्फत छिटो छरितो ढंगले सेवा प्रदान गर्ने बताइन् । 

आईडीई नेपालका प्रमुख हारा एवम् आरएण्डडी ईनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता नेमाफुलीले मेगा बैंकले साना किसान, महिला, विपन्न वर्गलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकता साथ वितरण गर्दै आएको बैकसँग सहकार्य गरेको बताए । 

मेगा बैंकले २५ सय कृषकलाई मेगा किसान कार्ड वितरण गर्ने लक्ष्य लिएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए । 

Advertisement

Advertisement