बालेन र केशव स्थापितको मतान्तर सात हजार नाघ्यो , सुनिताले जित्ने करिव निश्चित

Advertisement

काठमाडौं । सबैको चासोको केन्द्र बनेको काठमाडौं महानगरपालिकामा लोकप्रिय स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन् । 

उनले १५ हजार ८०२ मत पाउँदा उनको निकट प्रतिस्पर्धी एमालेका केशब स्थापितले आठ हजार २८८ मत पाएका छन् । त्यस्तै, सत्ता गठवन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले सात हजार २९० मत पाएकी छन् । जसअनुसार बालेन र स्थापितबीचको मतान्तर सात हजार ११४ पुगेको छ । 

Advertisement

त्यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ का सात निकै ठूलो मनान्तरका साथ अग्रता लिएकी छन् । उनको निकट प्रतिस्पर्धी गठवन्धनका साझा उम्मेद्वार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले तीन हजार ६१४ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले तीन हजार दुई हजार ६२८ मत पाएकी छन् । 

Advertisement

Advertisement