रिभर फल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईँले भर्नु भयो ?

Advertisement

काठमाडौँ । बैशाख २८ गतेबाट निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशन(आईपीओ) मा आवेदन दिने आज अन्तिम दिने हो । आज अपरान्ह ५ः३० बजेभित्र लगानीकर्ताले आईपीओका लागि आवेदन दिन सक्ने छन् । 

२७ लाख ३० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्तामा सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।  

Advertisement

यो आईपीओमा लगानी गर्न चाहने लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । कम्पनीको आईपीओमा आज विहान १०ः०० बजे सम्म ७.५५ गुणाले ओभर सब्सक्राइब भएको छ । हालसम्म १६ लाख ५७ हजार ९१ जनाले आवेदन दिइसकेका छन् । 

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो । 

Advertisement

Advertisement