भरतपुरको मेयरमा रेनु दाहाल विजयी, के देश अब दुर्घटनाबाट जोगिएला ?

Advertisement

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठवन्धनतर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छिन् । एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै रेनु भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी उनले १२ हजार ४४९ मतान्तरले एमालेका विजय सुवेदीलाई हराउन सफल भएकी छन् । प्राप्त विवरणअनुसार रेनुले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५८१ मत ल्याए ।

Advertisement

उमपेयरमा पनि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भए । अधिकारीले ५२ हजार ८०३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरूङले ३० हजार ६१२ मत ल्याइन् । हिमलालाई एमालेको समर्थन थियो । 

मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७२८ मत आएको छ । रेनुलाई जिताउन सत्ता गठवन्धनका नेताहरुले भरतपुरमा चुनावी सभागरी आव्हान गरेका थिए । त्यस क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रेनुले हारे देश दुर्घटनामा पर्ने बताएका थिए । प्रचण्डले मतदातालाई धम्क्याउने काम गरेको भन्दै उक्त भनाईको चौतर्फी आलोचना पनि भएको छ । 

तर, देशको बिग्रदो आर्थिक परिस्थिति, पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धिसँगै बजारमा बढेको महंगी, वित्तीय क्षेत्रमा देखिएको तरलता संकट समाधान हुन नसक्ने जस्ता कुराहरुले गर्दा देश कतै दुर्घटनामा पर्ने त होइन् ? भन्ने आशंका हुन थालेको छ । 

Advertisement

Advertisement