स्मार्टच्वाईस र फर्स्ट पे बीच अन्तरआवद्धताको लागि सम्झौता

Advertisement

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फस्र्ट पे क्यूआर बीच अन्तरआवद्धताको लागि ऐतिहासिक सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु तथा फर्स्ट पेका प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले हस्ताक्षर गरेका छन् ।  

Advertisement

स्मार्टच्वाईस टेक्नोलोजिज र युनियन पेमा आबद्ध भुक्क्तानी सम्यन्त्र मार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रधान गर्दै आएको फस्र्ट पे टेक्नोलोजिज बीच भएकासम्झौताले मुलुकको समग्र डिजिटल भुक्तानी प्रणालीको बिकास तथा प्रवर्द्धनमा टेवा पुग्ने आशा लिइएको छ । 

यस सम्झौता पश्चात फस्र्ट पे क्यूआरको सुबिधा लिएका बिभिन्न ब्यापार-ब्यवशायलाई स्मार्ट क्यूआर को नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका ब्यापार-ब्यवशायले फस्र्ट पे नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनी भुक्तानी लिन मिल्ने भएको छ । 

Advertisement

Advertisement