कतारी राजकुमारी थानीले गरिन् डेनाली हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली (६,१९० मिटर)को सफल आरोहण गरेकी छन् । उनले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा र कीर्तिमानी पर्वतारोही मिङमा डेविड शेर्पाको नेतृत्वमा डेनाली हिमालमा पाइला टेकेकी हुन् ।

कीर्तिमानी पर्वतारोही मिङमा डेविड शेर्पाले राजकुमारी थानीले डेनाली हिमालको  सफल आरोहण गरेको बताए । थानीले मे १५ ताखिका अमेरिकाको समय अनुसार दिन बिहान १ बजेर ४० मिनेटमा डेनालीकोे चुचुरोमा पाइला टेक्न सफल भएकी हुन् । 

Advertisement

उनले यसअघि कञ्चनजंगा र ल्होत्सेको सफल आरोहण गरेकी थिइन् । उनी विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने योजनामा छिन् । थानीले अन्टार्टिकाको साउथपोलमा अवस्थित सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर)को सफल आरोहण गरेकी हुन् ।

उनले यसअघि नेपालको सगरमाथा लगायत ल्होत्से, कञ्चनजंगा, अमा दब्लम, धौलागिरी र बिना अक्सिजन मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छन्। उनी विन्सन हिमाल आरोहण गर्ने पहिलो अरबी महिला पनि हुन् ।

थानी ‘‘एक्स्प्लोरर्स ग्रान्ड स्लाम’ पूरा गर्ने पहिलो कतारी महिला बन्ने यात्रामा छिन् । त्यसका लागि संसारका सात उच्च शिखरको आरोहण गर्ने र उत्तर तथा दक्षिण ध्रुवका अग्ला हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन् । 

साथै, थानीले यसअघि दक्षिण अमेरिकाको ६ हजार ९६९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको पाँच हजार ८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५ हजार ६४२ मिटर अग्लो माउन्ट एल्ब्रस पनि चढिसकेकी छिन् ।


 

Advertisement

Advertisement