नेपाल र भारतबीच इनर्जी बैंकिङ गर्ने सहमति

Advertisement

काठमाडौं । नेपालको प्रस्ताव अनुसार नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने सहमति भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत आदान(प्रदान समिति (पावर एक्चेन्ज कमिटी–पिइसी)को १३ औं बैठकले दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो ।

नेपालले लामो समयदेखि वर्षायाममा नेपालमा बचत हुने बिजुली भारतमा पठाउने र त्यसको बदलामा हिउँदमा उताबाट बिजुली नेपाल ल्याउने गरी इनर्जी बैकिङ गर्ने नेपालको प्रस्तावमा भारतले सहमति जनाएको हो ।

नेपालतर्फको बैठकको नेतृत्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई मुलुकका विद्युत ट्रेडरमार्फत इनर्जी बैकिङ गर्ने सहमति भएको जानकारी दिए । पिइसीको बैठकले इनर्जी बैकिङको विधि र प्रारुपसमेटिएको निर्देशिकाको मस्यौदामा सहमति जुटाई अन्तिमरुप दिएको हो ।

इनर्जी बैंकिङको विधि र प्रारुप समेटिएको निर्दे्शिकालाई आगामी जनवरीमा बस्ने दुई मुलुकबीचको सहसचिवस्तरिय ‘ज्वाइन्ट वर्किङ ग्रुप’ र सचिवस्तरिय ‘ज्वाइन्ट स्टेरिङ कमिटी’को बैठकले अनुमोदन गर्ने बताइएको छ । यसअघि ‘ज्वाइन्ट स्टेरिङ कमिटी’ले इनर्जी बैकिङको विधि र प्रारुप तयार गर्न दुई मुलुकबीचको प्राविधिक कमिटीलाई निर्देशन दिएको थिया े।

‘इनर्जी बैकिङका लागि तयार पारिएको निर्दे्शिकमा सहमति जुटेको छ, यसलाई दुई मुलुकबीचको विद्युत व्यापार सम्झौता अन्तर्गतका सहसचिव र सचिव स्तरीय कमिटीले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘इनर्जी बैकिङमा नेपाललाई ठूलो सफलता हासिल भएको छ, यो नेपालको ऊर्जा क्षेत्रको ठूलो कोसेढुंगा हो।’

पिइसी बैठकले नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो क्रस बोर्डर प्रसारण लाइन निर्माण अगाडि बढाउने निर्णय गरेको छ ।

Advertisement

Advertisement

Advertisement