बैंकिङपछि राजनीतिमा लाग्ने र मुलुक सुधार्ने बैंकका एक सीईओको तयारी

Advertisement

काठमाडौं । ज्योति विकास बैंकका सीईओ मनोज ज्ञवालीले बैंकिङ क्यारियरबाट विदा लिएपछि मुलुक सुधार्न राजनीतिमा लाग्ने तयारी गरेका छन् । ज्ञवालीले बैंकिङ क्षेत्रमा लागेर सीईओभन्दा माथि जाने ठाउँ छैन भन्दै  राजनीतिमार्फत मुलुक सुधारको योजना बनाएका हुन् ।

ज्ञवालीको यो तयारी तत्कालै नभएर अहिलेको कार्यकाल सकिएपछिको हो । मुलुकको बिग्रदो परिस्थितिप्रति निकै चिन्तित उनी पद वा पैसाका लागि नभए देश विकास र समाज रुपान्तरणका लागि आफूले बैंकिङ करियरपछि राजनीतिमा लाग्न लागेको बताउँछन् ।

ज्ञवाली भन्छन्, ‘बैंकको सीईओ भएँ । यहाँभन्दा माथि जाने ठाउँ बैंकिङ क्षेत्रमा छैन् । बरु राजनीतिमा लागेर मुलुकका लागि केही गर्न सकिन्छ भन्ने मलाई लाग्छ । केही गरौं भन्ने खालका ५० देखि सय जना मानिस मिल्ने हो भने देशको आमुल परिवर्तन गाह्रो छैन भन्ने विश्वास उनको छ ।

ज्ञवाली अहिलेको असक्षम र भ्रष्ट नेतृत्वबाट देश विकास हुनै नसक्ने बताउँछन् । उनले देश विकास गर्न केही गरौं भन्ने सोच र स्पष्ट भिजन भएका मानिसहरु नेतृत्वमा चाहिन्छ भन्दै त्यसका लागि नयाँ दल खोल्ने नभई अहिले भएका प्रमुख दुई दल नेकपा र नेपाली काँग्रेसमै लागेर देश विकासको रोडम्याप बनाउन सकिने बताए ।

ज्ञवाली भन्छन्, ‘नयाँ दल खोल्नु जरुरी छैन् । त्यसरी खोलेर पार्टीलाई स्थापित गर्न तत्कालै सकिन्न । भएकै पार्टीबाट मुलुकको रुपान्तरण गर्न सकिन्छ । किनभने पार्टीभित्र भिजन र इन्छाशक्ति भएको नेतृत्वको अभाव छ । अहिलेको मानिसहरुलाई जनताले विश्वास नगरेका हुन् । केही गरौं भन्ने मानिसहरु आएर उनीहरुले देश विकासको रोडम्याप र प्रतिवद्धता देखाएपछि जनताले विश्वास गरिहाल्छन् ।

Advertisement

Advertisement

Advertisement