चैत्रको पहिलो हप्ताबाट अन्तर्राष्ट्रिय व्यापार मेला, स्टल बुकिङ सुरु

Advertisement

काठमाडौं । सरकारको समेत सहयोगमा नेपाल उद्योग बाणिज्य महासंघले आउँदो चैतको पहिलो साताबाट काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना गर्ने जनाउँदै त्यसका लागि बुकिङ सुरु भएको जनाएको छ ।

महासंघले हरेक वर्ष आयोजना गर्दै आएको यो मेला यस बर्ष चैत्र ६ देखि १० गतेसम्म भृकुटीपण्डपमा आयोजना हुने महासंघ मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन, नेपाली उत्पादन तथा सेवाहरूको राष्ट्रिय अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, स्वदेशी एवं विदेशी लगानीकर्तासँग व्यवसायिक सम्बन्ध र सहकार्यको वातावरण बनाउने र सरकारले नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरेका एनटीआईएस वस्तुहरूको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले यो मेला आयोजना गर्ने गरिएको छ ।

यस बर्षको अन्तर्राष्ट्रिय व्यापार मेलामा चीनबाट ८०, भारतबाट ४०, बंगलादेशबाट ६०, थाइलैण्डबाट २० तथा पाकिस्तानबाट पाँच वटा स्टल बुकिङको लागि पत्राचार भई सकेको जनाइएको छ । नेपाली उद्योग, फर्म। कम्पनीको लागि स्टल बुकिङ खुल्ला गरिएको छ । एनटीआईएस अन्तरर्गतका वस्तुहरूको एक छुट्टै प्याभेलियनको व्यवस्था गरिने छ । तीनसयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू हुने छन् । त्यस्तै मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत सफल बनाउन मेलामा नेपालका पर्यटन गन्तव्य स्थलको प्रचार प्रसार तथा छलफल कार्यक्रम आयोजना गरिने पत्रकार सम्मेलनमा महासंघका पदाधिकारीले जानकारी दिए ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीकारूपमा हेरिएको महासंघका उपाध्यक्ष किशोर प्रधानले बताए । उनले यस बर्षको मेला स्वदेशी र विदेशी गरि करिव एक लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको बताए ।

Advertisement

Advertisement

Advertisement