प्रसारणलाइन र सबस्टेशनको स्तरोन्नतीका लागि एडीबी र नर्वेको २८ अर्ब सहयोग स्वीकार

Advertisement

काठमाडौं । सरकारले दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) उर्जा प्रणाली विस्तार परियोजनाअन्तर्गत प्रसारणलाइन र सबस्टेशनको क्षमता बढाउन एसियाली विकास बैंकले २४ अर्ब सहुलियत ऋण र नर्वेको चार अर्ब अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । 

सोमबारको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ तथा सुचना मन्त्री युवराज खतिवडाले एडीबी र नर्वेको ऋण तथा अनुदान सहयोग स्वीकार गरिएको बताए । अन्तरदेशीय विद्युत व्यापारका लागि पूर्वाधार तयार गर्ने क्रममा सासेक परियोजना अन्तर्गत प्रसारणलाइन तथा सबस्टेशनको स्तरोन्नती गर्न उक्त रकम खर्च गरिने छ । 
 

Advertisement

Advertisement