Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जस्तो लोकप्रिय हुन आफू नसके पनि उर्जा क्षेत्रका लागि काम गरेर आफूले आफ्नो छुट्टै पहिचान बनाउने बताएका छन् । 

कर्पोरेट नेपाललाई आइतबार दिएको अन्तरवार्तामा शाक्यले भने, ‘मलाई त्यसरी तुलना गरिराख्नुपर्छ जस्तौ लाग्दैन् । म आफ्नो छुट्टै छबी बनाउछु जस्तो लाग्छ । घिसिङले एउटा स्टाण्र्डर्ड सेट गरेर गएको र त्यो हाई स्टाण्र्डर्ड हो भन्दै उनले घिसिङले पब्लिकमा बनाएर जस्तो इमेज बनाउन भने आफूलाई गाह्रो रहेको बताए । 

Advertisement

शाक्यले आफ्नो स्वाभाव जनतामा गएर बोल्ने, भाषण गर्ने खालको नरहेको बताउँदै तर प्राधिकरणको लागि मात्रै नभएर समग्र उर्जा क्षेत्रको लागि प्राविधिक तहमा, नीतिगत तहमामा आफूले काम गरेर देखाउने बताए । 

उनले ट्रंक तथा डेडिकेटेड लाइनको विवादका कारण उद्योगीहरुमा परेको नकारात्मक प्रभाव हटाउन आफूले पहल गर्ने बताउँदै अब उद्योगीहरु प्राधिकरण धाउनुपर्ने बाध्यता अन्त्य गरेर प्राधिकरण नै उद्योगीहरुकोमा जाने पनि बताए । 

तर रोचक कुराकानी भिडियोमाः

Advertisement