दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त, ‘निजी क्षेत्रको हितका लागि काम गर्छु’

Advertisement

काठमाडौं । उद्योगी एवं पूर्वराज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्री केपी ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । 

यसअघि विशेष आर्थिक सल्लाहकार रहेका युवराज खतिवडा अमेरिकाको राजदूत भएर अमेरिका गएपछि दुगमलाई उक्त पदमा नियुक्त गरिएको हो । 

Advertisement

यसअघि उद्योग, बाणिज्य तथा आपूर्ति रहेका उनले आफ्नो कामको मूल्यांकन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गर्नुभएको बताए । 

उनले आफू मन्त्री रहेको बेला निजी क्षेत्रको हक हित र समस्या समाधानका लागि सक्दो भूमिका खेलेको र अब विशेष आर्थिक सल्लाहकार भएर पनि भूमिका खेल्ने भन्दै मुलुकको आर्थिक विकास र उद्योग व्यवसायको विस्तारका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताए । 

Advertisement