महिन्द्रा एन्ड महिन्द्रामा कार्यरत शकुन्तला नायकलाई एसियास्तरीय अन्तर्राष्ट्रिय अवार्ड

Advertisement

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रामा ‘कस्टमर सर्भिस एक्जेक्विटिभ’ रहेकी शकुन्तला नायकले अन्तर्राष्ट्रियस्तरको अवार्ड हात पार्ने भएकी छन् । भारतको चेन्नईमा यही महिनामा हुन लागेको अवार्ड वितरण कार्यक्रममा उनलाई ‘एसियाज कस्टमर सर्भिस एक्सक्युटिभ अवार्ड २०२०–२१’ प्रदान गर्न लागिएको हो । 

नायकका अनुसार ग्राहक सेवा क्षेत्रको यो उत्कृष्ट अवार्ड हो । उक्त अवार्डका लागि नेपालसहित २० देशबाट प्रतिस्पर्धीहरु छनौट भएको पनि उनले बताएकी छन् । रुला अवार्डले उक्त कार्यक्रम गर्न लागेको हो । नायक पुरस्कृत हुन लागेकोमा महिन्द्रा एण्ड महिन्द्रा कम्पनी, नेपालले उनलाई बधाई पनि दिएको छ । 

Advertisement

सामाजिक अभियन्ताको रुपमा समेत चिनिएकी उनी बायोटेक्नोलोजीकी विद्यार्थी पनि हुन् । नायक जनकपुरको सबैला गाउँपालिकाकी स्थायी निवासी हुन् । 

Advertisement