बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्य सिलवाल नियुक्त

Advertisement

काठमाडौं । बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्य सिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिद् बैठकले सिलवाललाई नियुक्ति गर्ने निर्णय गरेको हो । 

चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपछि पुस १४ देखि समितिको अध्यक्ष पद रिक्त थियो । उक्त पदका लागि करिव एक दर्जन दौडमा रहे पनि सिलवालले बाजी मार्न सफल भएका हुन् । 

Advertisement

समितिको अध्यक्ष पद रिक्त हुँदा बीमा क्षेत्रका थुप्रै काम अडकिएको थियो । अध्यक्ष नहुँदा बीमा कम्पनीका अध्यक्ष पदभाग ग्रहण गर्ने कुरादेखि वित्तीय विवरण स्वीकृतसम्मका काम अडकिएका थिए । सोही कारण कम्पनीहरुको साधारण सभा प्रभावित भई लगानीकर्ताले पाउने लाभांश वितरणसमेत ढिलो भएको थियो । कतिपय बीमा कम्पनीले जारी गरेका बीमा पोलिसिसमेत अध्यक्ष नभएकाले समितिमा अडकिएका थिए । 

समितिको अध्यक्ष हुन निवर्तमान अध्यक्ष चापागाईंसहित नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, राष्ट्र बैंकका पूर्वनिर्देशक कल्याणबन्धु अर्याल, नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाईं,, आइक्यानका पूर्वअध्यक्ष कृष्ण आचार्य, टंक पनेरु, राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल, समितिकै पूर्वकार्यकारी निर्देशक श्रीमान कार्की, नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर साहलगायत व्यक्ति दौडधुपमा लागेका थिए । सबैलाई पछि पादै सिलवाले पद हात पार्न सफल भएका हुन् । 

Advertisement