छुर्पी बिक्न छोडेपछि किसान मर्कामा, लगानी डुब्ने चिन्ता

Advertisement

गाईघाट । गाईघाट बजारका डेरी उद्योगले उत्पादन गरेको छुर्पी बिक्री हुन सकेको छैन तर बजारमा शुद्ध दूधको आपूर्ति बढेसँगै छुर्पी उत्पादनमा भने व्यापक वृद्वि भएको छ ।

त्रियुगा नगरपालिका क्षेत्रभित्र व्यावसायिक गाईपालन गर्ने किसानले उत्पादन गरेका दूध डेरीमा सहज आपूर्ति भएकाले यो वर्ष छुर्पी उत्पादनमा व्यापक वृद्धि भएको तर बिक्री ठप्प हुँदा लगानी नै डुब्ने चिन्ता बढेको राधाकृष्ण दूध डेरीका सञ्चालक वासुदेव कटुवालले बताए ।

Advertisement

उनले मङ्सिर पहिलो सातादेखि उत्पादन गर्न सुरु गरेकोमा हालसम्म १७ क्विन्टलभन्दा बढी छुर्पी उत्पादन भइसकेको बताए । फागुनको दोस्रो सातासम्म छुर्पी उत्पादन गर्न सकिने हुँदा थप सात क्विन्टलको हाराहारीमा आफूले छुर्पी बनाएर बिक्री गर्ने लक्ष्य लिएको तर अहिलेसम्म एक किलोग्राम पनि नबिकेको बताए ।

त्यसैगरी सात वर्षदेखि छुर्पी उत्पादन गर्दै आएको पाथीभरा दूध डेरी उद्योगले पनि मङ्सिरदेखि नै उत्पादन गर्न सुरु गरेर अहिलेसम्म करिब ६० क्विन्टलभन्दा बढी छुर्पी उत्पादन गरिसकेको सञ्चालक अविनार लिम्बूले बताए । 

गोरखापत्र दैनिकबाट । 

Advertisement

Advertisement