डाक्टरहरूले जाँच्ने शुल्क बढाए, रु. ८२५ सम्म अशुल्न पाउने, बिरामीहरु मर्कामा

Advertisement

काठमाडौं । डाक्टरहरूले परामर्श तथा जाँच्ने शुल्क बढाएसँगै बिरामी मर्कामा परेका छन् । चिकित्सकीय परामर्श शुल्क अत्यधिक रूपमा बढेपछि उपचार गर्न नसक्ने बिरामी स्वास्थ्य सेवा लिन पाउने हकबाट समेत वञ्चित हुने देखिएको छ । यसले विपन्न र गरिब नराम्ररी प्रभावित हुनेछन् ।

नेपाल चिकित्सक संघ र एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले पुनरावलोकन भएको चिकित्सकीय परामर्श शुल्क लिन आग्रह गरेका छन् । अबदेखि चिकित्सकले परामर्श दिएबापत बिरामीमार्फत पहिलेकोभन्दा केही शुल्क बढी लिनेछन् । चिकित्सकको अनुभव र योग्यताका आधारमा ३ सय ७० रुपियाँदेखि अधिकतम ८ सय २५ रुपियाँसम्म शुल्क लिनेछन् ।

Advertisement

नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क परिमार्जन गरिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले बताए । योसँगै नयाँ शुल्कअनुसार पाँच वर्षसम्म वा सोभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले ३ सय ७०, पाँच वर्षभन्दा माथिकाले ४ सय ५० रुपियाँ ओपीडी शुल्क लिन पाउनेछन् ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement