मंगल ग्रहमा अमेरिकी अन्तरिक्ष यान सफलतापूर्वक अवतरण

Advertisement

काठमाडौं । अमेरिकाले सात बर्षअघि पठाएको अन्तरिक्ष यान ‘पर्सिभिअरन्स’ शुक्रबार बिहान सफलतापूर्वक मंगल ग्रहमा अवतरण गरेको छ । 

मंगल सतहमा आफूहरुले पठाएको रोबोट सुरक्षित ढंगले अवतरण गरेपछि क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले खुशी मनाएका थिए । सेन्टरमा केही समय खुशीले होहल्ला मच्चिएको थियो । 

Advertisement

‘पर्सिभिअरन्स’ शुक्रबार बिहान करिव पौन ३ बजे मंगल ग्रहको सतहमा अवतरण गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार उक्त यान ४७ करोड किलोमिटर यात्रा गरेर मंगलमा पुगेको हो । 

छ वटा पाङ्ग्रा भएको रोबटलाई मंगल ग्रहमा पानी भएको नजिकै अवतरण गराउने तयारी भइरहेको यसअघि समाचार आएको थियो । यस रोबटले मंगल ग्रहमा पानी र जीवन भएनभएको अध्ययन गर्न ठूलो सफलता पाउने आशा लिइएको छ । 

मङ्गल ग्रहको वायुमण्डलमा प्रवेश गर्दा पर्सिभिअरन्सको गति २० हजार किलोमिटर प्रतिघण्टा हुने र वायुमण्डलमा प्रवेश गरेको सात मिनेटमा यो गतिलाई घटाउँदै सुस्तरुपमा अवतरण गराउनुपर्ने योजनाअनुसार नै यान अवतरण गराइएको जनाइएको छ । 

Advertisement

Advertisement