विकास बैंक विश्लेषणः गरिमा, कामना सेवा, मुक्तिनाथ र महालक्ष्मीको अवस्था कस्तो छ ?

Advertisement

काठमाडौं । बैंक वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा विकास बैंकरूले पनि आफ्नो विवरण सार्वजनिक गर्दैछन् । हालसम्म चार विकास बैंक र एक बाणिज्य बैंकले आर्थिक वर्ष २०७७–७८ को तेस्रो त्रैमाससम्मको विवरण सार्वजनिक गरिसकेका छन् । केही वित्त र लघुवित्त कम्पनीले पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने विकास बैंकहरूको वित्तीय अवस्था उत्साहजनक नै देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा भन्दा यस बर्ष विकास बैंकले खुद नाफालगायतका सूचकहरू बढाउन सफल भएका छन् ।

Advertisement

कुन विकास बैंकको वित्तीय अवस्था कस्तो ?
चुक्ता पुँजी
यस अवधिसम्म चार  विकास बैंक कै चुक्ता पुँजी बढेको छ । सबै भन्दा धेरै पुँजी गरिमा विकास बैंकको बढेको छ । बैंकको यस अवधिसम्म ३७ करोड ७६ अर्ब ९१ लाख रुपियाँ चुक्ता पुँजी रहेको छ । 

 जगेडा कोष 
समीक्षा अवधिसम्म प्रायः सबै बैंकको जगेडा कोष गत वर्षको यसै अवधिको भन्दा बढेको छ । नाफा बढाउनेमा गरिमा विकास बैंक अगाडि छ । यस बंैकले ७० दशमलव ७५ प्रतिशतले जगेडा कोष बढाएर एक अर्ब ४३ करोड सात लाख ४३ हजार रुपियाँ पुर्याउन सफल भएको छ । 

निक्षेप संकलन
हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकमध्ये सबै भन्दा धेरै निक्षेप संकलन गर्न सफल मुक्तिनाथ विकास बैंक रहेको छ । यस बैंकले गत वर्षको यसै अवधिमा भन्दा ४३ दशमलव ८९ प्रतिशतले निक्षेप बढाउन सफल भएको छ । यता महालक्ष्मी विकास बैंकले भने गत वषको यसै अवधिको भन्दा निक्षेप संकनल १ दशमलव ३८ प्रतिशतले घटेको छ । 

कर्जा लगानी 
चैत मसान्तसम्म सबैभन्दा धेरै कर्जा लगानी गर्न सफल विकास बैंकमा गरिमा विकास बैंक रहेको छ । यस बैंकले समीक्षा अवधिसम्म ५० अर्ब २९ करोड रुपियाँभन्दा धेरै कर्जा बिस्तार गर्न सफल भएको छ । यस बैंकले गएको चैत मसान्तसम्मको भन्दा यस चैत मसान्तसम्म ४४ दशमलव २८ प्रतिशतले कर्जा लगानी बढाउन सफल भएको हो । यता महालक्ष्मी विकास बैंकको कर्जा लगानी गत वर्षको यसै अवधिको भन्दा १ दशमलव १४ प्रतिशतले घटेर २९ अर्ब १० करोड १९ लाख ३९ हजार रुपियाँमा सीमित भएको छ । 

खुद ब्याज आम्दानी
महालक्ष्मी विकास बैंकबाहेक तीन वटा कम्पनीको खुद ब्याज आम्दानीमा गत वर्षको यस अवधिभन्दा सुधार आएको छ । महालक्ष्मी विकास बैंकको भने यस त्रैमाससम्मको आम्दानी २ दशमलव ६४ प्रतिशतले घटेर एक अर्ब १७ करोड ६२ लाख ९९ हजार रुपियाँमा सीमित भएको छ । 

सञ्चालन नाफा 
चालु आवको तेस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गर्ने विकास बैंकमध्ये प्रायः सबै बैंकको सञ्चालन नाफामा सुधार देखिएको छ । सबैभन्दा धेरै प्रतिशतले सञ्चालन नाफा कमाउनेमा कामना सेवा विकास बैंक रहेको छ । यस बैंकले ९५ दशमलव ०८ प्रतिशतले सञ्चालन नाफा बढाउन सफल भएको छ । 

खुद नाफा नोक्सान 
तेस्रो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश बैंकको खुद नाफा उत्साहजनक रहेको छ । सबैभन्दा धेरै नाफा बढाउन सफल बैंक कामना सेवा विकास बैंक रहेको छ । यस बैंकले गत वर्षको यसै अवधिमा भन्दा १७२ दशमलव ०१ प्रतिशतले नाफा बढाउन सफल भएको छ । 

प्रतिसेयर आम्दानी 
यस अवधिसम्म आउँदा प्रतिसेयर आम्दानी सबैभन्दा धेरै बढाउन सफल बैंक कामना सेवा विकास बैंक छ भने, प्रतिसेयर आम्दानी गत वर्षको यसै अवधिको भन्दा पनि घट्ने बैंकमा महालक्ष्मी विकास बैंक रहेको छ । 

खराब कर्जा 
समीक्षा अवधिसम्म चार विकास बैंकको खराब कर्जा हेर्दा सबैभन्दा धेरै खराव कर्जा भएको बैंकमा महालक्ष्मी विकास बैंक रहेको छ । 

Advertisement

Advertisement