महंगी आधै घट्यो

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षमा महंगी गत बर्षभन्दा अनुमानभन्दा आधै कम भएको छ । गएको आर्थिक बर्षमा उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशत रहेकोमा यो बर्ष ३.५ मा सीमित भएको छ । 

अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा अन्य आर्थिक परिसूचक जस्तै चालु आर्थिक वर्षमा वस्तु तथा सेवाको औसत मूल्यस्तर वाञ्छित सीमाभित्र नै रहेको जनाइएको छ । 

Advertisement

मन्त्रालयले सार्वजनिक खर्च व्यवस्थापनमा गरिएका सुधारबाट अपेक्षित नतिजा हासिल भएको दाबी गर्दै यस अवधिमा सरकारबाट वित्तिय व्यवस्थापनका लागि चालिएका कदमहरुबाट वित्तिय अनुशासनको अवस्था सुदृढ हुँदै गएको बताएको छ । 
 

Advertisement

Advertisement