Advertisement

काठमाडौं । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले उद्योगी व्यवसायीलाई दुःख दिनेलाई अपराधी घोषणा गर्नुपर्ने तर्क अघि सारेका छन् । कर्पोरेट नेपालसँगको अन्तरवार्तामा उनले मुलुकमा उद्योग व्यवसायको विकासका लागि व्यवसायमैत्री वातावरण जरुरी रहेको बताए । 

दुगडले विशेषगरी स्वदेशी उद्योगी व्यवसायीलाई दुःख दिने काम हुँदै आएको बताए । व्यवसायिक वातावरणका लागि नेपालको कर्मचारीतन्त्रमा सुधार जरुरी रहेको बताए । दुगडले सरकारी तथा निजी क्षेत्रका रुग्ण उद्योगहरूसमेतलाई पुनःस्थापना गरी सबैलाई नाफामा लैजाने योजना सरकारले बजेटमार्फत बनाएको बताए । 

Advertisement

उनले भने, ‘सबै उद्योग व्यवसायलाई नाफामा लैजान हामीले ‘सेफगार्ड पोलिसि’ ल्याएका हौं, स्र्टाटअप बिजनेशलाई त्यही भएर सुविधा दिएका हौं ।’ दुगडले चारैतिर बजेटको प्रसंशा भइरहेको तर विपक्षीहरूले यसको आलोचना गरेको भन्दै विपक्षीहरूले राम्रो बजेटलाई राम्रो भन्न हिम्मत गर्नुपर्ने, संक्रिण सोच राख्न नहुने बताए । 

दुगडका भनाईका खास बुँदाहरू 
प्रधानमन्त्रीको चाहनाअनुसार बजेटमा ‘इन्पुट’ दिने काम मैले गरें । 

चारैतिर बजेटको प्रसंशा भइरहेको छ । सत्तापक्षले ल्याएको बजेट लोकप्रिय हुँदा विपक्षलाई मन नपर्नु स्वाभाविक नै हो । बजेटबाट सारा नेपाली खुशी हुँदा विपक्षी दलहरू किन संक्रिण सोच राख्नुपर्यो ? प्रसंशा गर्ने हिम्मत गर्नुस् ।

लोकप्रिय बजेट कार्यान्वयन गर्न कठिन छ, तर असंभव छैन् ।

सबै स्वदेशी उद्योगहरूलाई नाफामा लैजान हामीले ‘सेफगार्ड पोलिसि’ ल्याएका हौं, स्र्टाटअप बिजनेशलाई त्यही भएर सुविधा दिएका हौं ।

उद्योगी व्यवसायीलाई कसैले पनि दुःख दिन्छ भने त्यसलाई अपराधी घोषणा गर्नुपर्छ ।

युवाहरू बेचेर रेमिटान्सको भरमा कति दिन मुलुक चलाउने ? 

रोगले मात्रै होइन् अहिले जनता भोक र व्यवसाय चौपट भएर मरेका छन् । यस्तो बेलामा उनीहरूलाई राहत नदिए कहिले दिने ? 

निजी क्षेत्र राजनीतिमा किन आउन हुँदैन् ? मैले राजनीति गरेर के अपराध गरें ? 

निजी क्षेत्रका मानिससँग अनुभव छ, पारदर्शीता छ, जोखिम लिने क्षमता छ, नेतृत्व गर्न सक्छन् ।

केपी ओलीको क्रेज देखेर व्यवसायी एमालेमा प्रवेश गरेका हुन् ।

मेरो लोकप्रियताबाट केही मान्छे डराएका छन् । तर म इमान्दारितापूर्वक देशको पक्षमा काम गर्न छोडदिन् ।

निजी क्षेत्रले समस्या पर्दा गुहार्छ भने म जहिले पनि सहयोग गर्न तयार छु ।

केपी ओली ढुलमुले नेता होइन्, उहाँसँग दृढ संकल्प छ । 

पछिल्लो तीन बर्षमा जति विकास भएको छ, त्यो पहिला कहिल्यै भएको थिएन् ।

एमाले तोड्न खेल भयो । तोड्न लाग्नेहरू पनि एक दिन सखाप हुन्छन् । 

घाटामा रहेका सार्वजनिक संस्थानहरूलाई नाफामा लैजान अब पीपीपी मोडलमा लानुपर्छ । 

हामी व्यवसायीले राष्ट्र र राष्ट्रियतालाई हेरेर काम गरौं, कसैले जेल हाल्न सक्दैन् ।

Advertisement