Advertisement

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघकी अध्यक्ष ज्योत्स्ना श्रेष्ठले सुन चाँदीका गरगहनामा नेपालमा रहेका भन्दा विदेशमा रहेका नेपाली महिना बढि सौखिन रहेको खुलासा गरेकी छन् । कर्पोरेट नेपाललाई दिएको अन्तरवार्तामा उनले विदेशमा रहेका महिलाहरूबाट तीज जस्ता चाडपर्वको समयमा गरगहनाको  माग बढ्ने गरेको बताइन् । 

साथै, श्रेष्ठले साउन महिना गरगहनाको सिजन नभए पनि आउँदो मंसिरलाई लक्षित गरेर अहिलेदेखि नै माग बढेर गएको बताइन् । उनले सुनचाँदी व्यवसायमा ८० प्रतिशत कामदार भारत तथा बंगलादेशबाट आउने र कामदार पनि फेरिएर आउने गरेको तर पारिश्रमिक भुक्तानीका लागि प्यान लिनुपर्ने बाध्यताका कारण समस्या हुने गरेको सुनाइन् । 

Advertisement

कोरोना महामारी सुरु भएपछि सुनचाँदीको मूल्यमा २५ प्रतिशत भन्दा धेरै बढेको छ । महामारी सुरु हुनुभन्दा अगाडि ६० देखि ७५ हजार रुपियाँ हाराहारीमा कारोबार भइरहेको सुनको मूल्य अहिले आईपुग्दा ९० हजारदेखि एक लाख रुपियाँको बीचमा कारोबार भइरहेको छ । तर, पनि नेपाली बजारमा सुनको माग कम भएको भने देखिन्न । किन ? यस्तै प्रश्नहरूमा केन्द्रीत ज्योत्स्ना श्रेष्ठसँगको कुराकानी माथि भिडियोमा हेर्नुहोस्ः 

Advertisement