चौधरी ग्रुपको सिजीनेटले महिलाहरूलाई लक्षित गरेर ल्यायो तीज अफर

Advertisement

काठमाडौं । चौधरी ग्रुपको सिजीनेटले महिलाहरूलाई लक्षित गरेर तीज अफर ल्याएको छ । नेपाली बजारका इन्टरनेटहरूमध्ये सबैभन्दा छिटो र सस्तो इन्टरनेटको रुपमा चिनिएको सिजीनेटले भदौ १६ देखि ३० सम्मका लागि तीज अफर ल्याएको हो । 

यस अफरमा छ महिना वा १२ महिनाको इन्टरनेट प्लानको ग्राहक बन्दा गोलाप्रथाबाट दैनिक दुई वटा घरायसी सामग्री पुरस्कारस्वरुप प्राप्त गर्न सकिन्छ । तर यसका लागि महिलाकै नाममा इन्टरनेट जडान गर्नुपर्ने हुन्छ । साथै, अफरको अन्तिम दिन एक जनालाई बम्पर उपहारका साथै नौ जनालाई पुरस्कारसमेत प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । 

Advertisement

सिजीनेटको विस्तार अहिले काठमाडौंको जावलाखेल, कुपण्डोल, कुलेश्वर, कालिमाटी, सतुङ्गल, बल्खु, छाउनी, कलंकीमा भइसकेको छ भने अन्य क्षेत्रमा पनि विस्तार गर्ने क्रम जारी छ । 

Advertisement