आफ्ना साँसदलाई देउवाले भने– एमसीसी पास नगरे अमेरिकासँग सम्वन्ध बिग्रिन्छ, पास गर्नुपर्छ

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग नेपालले गरेको सम्झौता नबुझ्ने साँसदहरू किन बोल्दै हिंड्या भन्दै प्रश्न गरेका छन् । आफ्नो पार्टीको संसदीय दलको बैठकमा मंगलबार उनले यस विषयमा बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिए । 

बैठकमा एमसीसीबारे साँसदहरूबीच नै मतभेद देखिएपछि देउवाले बुझ्दै नबुझी बोल्दै नहिंड्न निर्देशन दिएका हुन् । सांसदहरुले एमसीसी सम्झौता के गर्ने ? भनेर प्रश्न उठाएका थिए । संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री देउवाले हामी आफैले मागेको अनुदान भएकाले एमसीसी सम्झौता अनुमोदन गर्नुको विकल्प नरहेको बताए । 

Advertisement

एमसीसीको अनुदान नेपालले प्रतिस्पर्धा गरेर पाउने भएको र यससँग नेपाल–अमेरिका सम्वन्धको कुरा पनि नरहेकाले सम्झौता अनुमोदन नगर्ने कुरा हुँदैन भन्दै देउवाले सबै सरकारले कानुन बनाएर एमसीसीलाई अघि बढाएकाले अनुमोदनमा पनि सबैले सघाउनुपर्ने तर्क गरे । 

एमसीसीबारे फैलाइएको अनावश्यक भ्रमको पछि नलाग्न देउवाको सल्लाह छ । 

Advertisement

Advertisement