पाँच करोड ३१ लाख कित्ता आईपीओ आउँदै, कस्को कति ?

Advertisement

काठमाडौं । पछिल्लो समय शेयर बजारमा सूचीकृत हुने कम्पनीको संख्या तीव्र रुपमा बढिरहेको छ । यससंगै शेयर बजार पनि क्षेत्र पनि विस्तार हुँदै गइरहेको छ । 

यसैक्रममा नेपाल धितोपत्र बोर्ड(सेबोन)मा हाल १९ कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशनको लागि आवेदन दिएका र बिक्री खुला गर्नका लागि स्वीकृति कुरिरहेका छन् । सेबोनको तथ्याङ्क अनुसार दुई कम्पनीले बोर्ड स्वीकृति पाएर  आईपीओ बिक्रीको गर्ने मिति तय गरिसकेका छन् ।  

Advertisement

बोर्डमा आवेदन दिइसकेका १९ वटा कम्पनी मध्ये दुई इन्स्योरेन्स कम्पनीहरु रहेका छन् । आईएमई लाईफ इन्स्योरेन्स र रिलायबल लाईफ इन्स्योरेन्सले आईपीओ निष्कासनको लागि आवेदन दिएका हुन् । 

रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीले ६० लाख कित्ता आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्न लागेको छ भने आइएमई लाईफले प्रतिकित्ता सय रुपियाँको दरले सर्वसाधारणलाई आईपीओ जारी गर्ने जनाएको छ । आईपीओ निष्कासनको तयारीमा चार लघुवित्त वित्तीय संस्था छन् । 

जाल्पा लघुवित्त वित्तीय संस्था, नेष्को समृद्ध , राष्ट्रउत्थान, उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएका छन् । आईपीओ बिक्री गर्नको लागि ११ विद्युत कम्पनी आवेदन दिएका छन  । डिस मिडिया प्रालीले पनि आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएको छ । यस्तै, इर्मेजिङ नेपालले पनि आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

तयारी पूरा गरेका कम्पनीः
बुद्धभूमि नेपाल हाइड्रोपावरले आज सोमबार (असोज ११ गते)बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ८ करोड रुपियाँ बराबरको आर्इपीओ बिक्री खुला गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ ।  

यस्तै, आईपीओको निष्कासन तयारी पूरा गरेको अर्को कम्पनी न्यादी हाइड्रोपावर कम्पनी हो । यस कम्पनीले असोज १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २२ करोड ५० लाख रुपियाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहीक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

कुन कम्पनीको आईपीओ कति ? 

Pipline Status     
Compny Name  Share  Price  Rs.
Sayapatri hydro  900,000 90,000,000
Upper solu Hydro 3,307,500 330,750,000
Upper hewakhola hydro 2,000,000 200,000,000
Emerging nepal  555,600 55,560,000
Jalpa samudayk lagubitta 522,000 52,200,000
Rastra utthan laghubitta  850,000 85,000,000
Molung hydro  3,531,000 353,100,000
Reliable life  insurance 6,000,000 1,272,000,000
Upakar laghubitta  266,250 26,625,000
River falls power  3,430,000 26,625,000
Three Star hydro  1,231,250 123,125,000
Rapti hydro and general controctutions  2,941,410 294,141,000
Dish Media network  2,385,929 238,592,900
Ime life insurance  6,000,000 600,000,000
Dordi khola jalbidhyut  2,951,929 295,192,900
Bindhyabasini hydropower  2,500,000 250,000,000
Balephi hydro  3,655,940 365,594,000
Green venture power  6,250,000 625,000,000
Nesdo Sambridha laghubitta  828,750 82,875,000
Approved Status     
Nyadi Hydropower  2,250,000 220,000,000
Buddha bhumi nepal 800,000 80,000,000
Total  53,157,558 59,822,755,800

 

बुद्धभूमिको ८ करोड रुपियाँको आईपीओ सोमबारदेखि, न्यादी हाइड्रोपावरको शुक्रबार

Advertisement