आइएमईको ‘वर्ड टुर विथ साइग्रेस’ सुरू, रेमिटेन्सको सहि सदुपयोग कथामार्फत प्रस्तुती गरिने

Advertisement

काठमाडौँ । आइएमईले वर्ड टुर विथ साइग्रेस को आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा कात्तिक २३ देखि मङ्सिर १७ सम्म आयोजना हुनेछ । 

वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सहि सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती हुनेछ । 

Advertisement

कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ । साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आइटी  रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द हुने भएको छ । 

उक्त कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जाल पेजहरूका अतिरिक्त साईग्रेसका अफिसियल पेजहरुबाट पनि प्रसारण हुने कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement