टेलिकमले ल्यायो ‘एड अन प्याक’ योजना, डाटा प्रयोगकर्तालाई थप राहत

Advertisement

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई लक्षित गर्दै प्याक थप्न मिल्ने (एड अन प्याक)को सुविधा ल्याएको छ । यस योजनामा ग्राहकले प्रतिदिन एक, दुई र चार जीबी प्रयोग गर्ने डाटा सक्किएमा यो सुविधा लिन मिल्ने छ । 

उक्त सुविधामा डाटा सक्किए पनि अवधि बाँकी छ भने ग्राहकले सस्तो दरमा नै थप डाटा खरिद गर्न सक्नेछन् । थप डाटाका लागि ग्राहकले दुई सय ९९ रूपियाँ तिर्दा प्रतिदिन एक जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न मिल्छ । 

Advertisement

त्यस्तै, प्रतिदिन प्रयोग गर्ने १ जिबी डाटा सक्किएमा ६४ केबिपिएसको निशुल्क अनलिमिडेट डाटा पनि लिन मिल्ने भएको छ । ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटाकालागि ३० रूपियाँमा एक जीबी, ४० रूपियाँमा दुई जीबी र ५० रूपियाँमा तीन जीबी डाटा प्रयोग गर्न सक्नेछन् ।

तीस दिनसम्म प्रयोग गर्न मिल्ने उक्त प्याक  जाडो महिनालाई लक्षित गरी ल्याइएको हो । टेलिकमले प्रतिदिन एक जिबी प्रयोग गर्न मिल्ने तिस जिबी डाटा प्याक, पाँच सय ९९ रूपियाँमा खरिद गर्न सकिने जनाएको छ । उक्त अफर खरिद गरेपछि ग्राहकले भ्वाइस कलकालागि पनि जम्मा दुई सय ९९ रूपियाँमा तिस दिनसम्म अनललिमिटेड कल पनि गर्न सक्नेछन् ।

साथै, सजिलो अनलिमिडेट प्रिपेड पाँच सय ९९ प्याकमा जम्मा पाँच सय ९९ रूपियाँमा एक जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न मिल्ने २८ जिबी डाटा प्राप्त गर्नेछन् । त्यस्तै, उक्त डाटा प्याक लिएका ग्राहकले भ्वाइस प्याक लिन चाहेमा जम्मा दुई सय ९९ रूपियाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न मिल्ने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । 

Advertisement