अफगानिस्तानका लागि नेपालको सहयोगः सामग्री बोकेर हिमालय एयरलाइन्स गयो काबुल

Advertisement

काठमाडौँ । मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई नेपालले आइतबार सहयोग सामग्री पठाएको छ । 

परराष्ट्र मन्त्रालयका अधिकारीहरुसहित मानवीय सहायता सामग्री बोकेको हिमालय एयरलाइन्सको जहाज बिहान काबुलका लागि प्रस्तान गरेको छ । सहायता सामग्रीमा औषधि, लत्ताकपडा र अन्य सामग्री छन् । 

Advertisement

दश टन तौल बराबरको यी सामग्री काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा लगेर राष्ट्र संघीय टोलीलाई हस्तान्तरण गरिने छ । दुई दशकसम्म अमेरिकी नियन्त्रणमा रहेको अफगानिस्तान गत अगस्टमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको थियो । 

सत्ता सम्हाले पनि तालिवानले स्थिरता कायम गर्न नसक्दा मानवीय संकट उत्पन्न भएको हो । तालिबान सत्तामा आएसँगै विशेषगरी पश्चिमा सहायोग नआएपछि अफगानिस्तान समस्यामा परेको हो । 

संयुक्त राष्ट्र संघीय खाद्य कार्यक्रम (डब्लूएफपी)ले हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या आउने र दुई करोड करोडभन्दा बढी मानिस प्रभावित हुने चेतावनी दिएको छ । यसबाट पाँच बर्षमुनीका ३२ लाख बालबालिका कुपोषणको शिकार हुनसक्ने उसको भनाई छ । 

Advertisement

Advertisement