जोरपाटीमा पनि डिशहोम फाइवरनेटको सह–वितरण शोरुम

Advertisement

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले राजधानी काठमाडौंको जोरपाटीमा पनि सह–वितरण शोरुमको शुभारम्भ गरेको छ ।

माघ १९ देखि डिशहोम फाईवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको यस शोरुमको सञ्चालन दीपा इम्पेक्सले गर्नेछ ।

Advertisement

शोरुम उद्घाटन डिशहोमका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दीपा इम्पेक्सले अब डिशहोम फाइवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ शोरुममार्फत दिनेछ । 

एक हजार पाँच सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको दीपा इम्पेक्सले अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने दीपा इम्पेक्सका संचालक सुवास तिमिल्सि नाले जानकारी दिए । 
 

Advertisement