टेलिकमको भ्यालेन्टाइन अफर, रु. ४९ मै एक एमवीपीएसको अनलिमिटेड डाटा खरीद गर्न सकिने

Advertisement

काठमाडौं । नेपाल टेलिकमले प्रणय दिवसलाई लक्षित गर्दै भ्यालेन्टाइन अफर ल्याएको छ । आउँदो फेब्रुअरी १४ मा मनाइने यो दिवसका लागि ल्याएको यो अफर दुई दिन (फागुन १ र २) गते प्रयोग गर्न सकिने छ ।

भ्यालेन्टाइन अफरअन्तर्गत ग्राहकलाई अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । ग्राहकले ४९ रूपियाँमा एक एमवीपीएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा डे कम्बो अफर उपलब्ध हुनेछ । नेपाल टेलिकमको एप प्रयोग गरेर वा गायल एस्ट्रिक १४१५ एस्ट्रिक ११ ह्याज प्रयोग गरेर सो सेवा पाउन सकिन्छ ।

Advertisement

टेलिकमले हालै व्यवसायिक रुपमा सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा पनि भ्यालेन्टाइन डेकै अवसरमा फागुन दुई गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क हुने भएको छ ।

त्यस्तै, भ्यालेन्टाइन डे कै अवसरमा ग्राहकले फागुन २ गते एमपोसबाट गरिने दुई सयदेखि ४९९ रूपियाँसम्मको रिचार्जमा ५१२ एमबी डाटा र पाँच सयभन्दा माथिको रिचार्जमा एक हजार २४ एमबी डाटा निःशुल्क पाउने कम्पनीले जानकारी दिएको छ । 

Advertisement