डिशहोम फाइबरनेटको काठमाडौंमा एकै पटक चार शोरुम उद्घाटन

Advertisement

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले राजधानी काठमाडौंमा एकै दिनमा चारवटा शोरुम सञ्चालनमा ल्याएको छ ।

बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स् इम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टिभी हाउस र नक्सालमा रहेको बी इन्टरप्राईजेज डिशहोम फाइबलनेट शोरुमको रुपमा उद्घाटन गरिएको कम्पनीले  जनाएको छ । छुट्टा छुट्टै कार्यक्रमबीच डिश मिडिया नेटवर्कका बिक्री महाप्रबन्धक रमेश सापकोटाले शोरुमहरु उद्घाटन गरेका हुन् । 

Advertisement

एलेक्स इम्पेक्सको सञ्चालन रामकुमार श्रेष्ठ र केशव कोइराला, बलम्वु टिभी हाउसको संचालन प्रभात भट्टराई र बी इन्टरप्राईजेजको सञ्चालन आकाश मानन्धरले गर्नेछन । बिगत लामो समयदेखि डिशहोमसँग सहकार्य गर्दै आएका डिशहोम डिलर दाईहरुले अब छुट्टै शोरुममार्फत डिशहोम र डिशहोम फाईवरनेटको नयाँ कनेक्सन, रिचार्ज तथा फण्ड ट्रान्स्र्फर, सेटटप बक्स तथा राउटर एक्सचेन्ज, रिलोकेसन लगायत बिक्रीपछिको सम्पूर्ण सेवाहरु नयाँ शोरुममार्फत प्रदान गर्ने जनाइएको छ । 

Advertisement