डिशहोमले महेन्द्रनगरमा आफ्ना डिलरहरुलाई गर्यो सम्मान

Advertisement

काठमाडौं । डिश मिडिया नेटवर्कले महेन्द्रनगरमा डिश होम, डिशहोम फाइबरनेटको माघ महिनामा बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने, स्थानीय डिलरहरु  केपी ईन्टरप्राइजेज, महेन्द्रनगरका बेताल मोबाईल ग्यालरी र  महेन्द्रनगरका मौभेरा मनि ट्रान्सफरलाई  उपहार र प्रमाण पत्र प्रदान गरेको छ । 

महेन्द्रनगर सर्भिस सेन्टरमा कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको कम्पनीले जनाएको हो । कम्पनीले आफ्ना डिलरहरुलाई ‘डिलर दाई’को रुपमा प्रवद्र्धन गर्दै आएको छ । 

Advertisement

बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलरहरुलाई कम्पनीका सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमालले प्रसंसापत्रसहित सम्मान गरे । कार्यक्रममा कैलाली र कंचनपुरका डिस्ट्रिब्युटर, डिलरहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।  

डिशहोम फाइबरनेटले ग्राहकको आवश्यकताअनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको जनाएको कम्पनीको भनाई छ । जसअनुसार डिशहोमका ग्राहकहरुलाई १० एमबीपीएस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध छ ।

Advertisement