भिभोको भि२३ईका लागि देशभरीबाट प्रि–अर्डर, ग्राहकबाट राम्रो प्रतिक्रिया आएको छः भिभो नेपाल

Advertisement

काठमाडौं । चिनियाँ लोकप्रिय स्मार्टफोन ब्राण्ड भिभोले नेपालमा भि२३ई सार्वजनिक गरेको छ । विश्व बजारमा प्रख्यात भी श्रृङ्खलामा हालै थपिएको भि२३ईले नेपालमा ग्राहकहरूबाट राम्रो प्रतिक्रिया पाएको भिभो नेपालले बताएको छ । 

दुई दिनभित्रमा देशभरबाट आएका धेरै प्रि–बुकिङ अर्डरहरूले पनि यसको सफलतालाई दर्शाएको सो ब्राण्डको भनाई छ । भिभोले हालै भि२३ई को ‘भीआर गोर्जस’ व्यक्तित्व झल्काउने नेपालका कलाकार प्रदीप खड्का, सुकदेव कार्की, सजन श्रेष्ठ, भेक र एन्जल महर्जन लगायतसँग सहकार्य गरेको छ । 

Advertisement

ती प्रभावकारी व्यक्तिहरूलाई उनीहरूको फ्यानबेससँग मानिसहरु खास गरी भिन्नताका हुँदाहुँदै सुन्दर छन् भन्ने मर्म जगाउन र आफ्नो सुन्दर रुपान्तरण कथाहरू बताउन प्रोत्साहित गरेको भिभोको भनाई छ । 

भि२३ईले आफ्ना प्रयोगकर्ताहरूलाई सुन्दर सेल्फी अनुभव प्रदान गर्न फ्रन्टमा उच्च रिजोल्युसनको ५० एमपी अटोफोकस पोट्रेट सेल्फी क्यामेराको विशेषता ल्याएको छ । यसमार्फत प्रयोगकर्ताहरूले प्रत्यक्ष रूपमा भि२३ई को ‘भीआर गोर्जस’ ट्यागको सहीरुपमा अनुभव लिन पाउने भिभो नेपालको भनाई छ । 

यसमा आइसोसेल ३.० प्रविधि रहेको, जसले तस्वीर खिच्ने क्रममा प्रकाशको संवेदनशीलता बढाएर फोटोको गुणस्तरलाई अझ बढाउने जनाइएको छ । साथै, प्रयोगकर्ताहरूले यस प्रविधिमार्फत उचित प्रकाश नभएको अवस्थाहरूमा पनि भिभोको उत्कृष्ट क्यामेरा प्रदर्शनको अनुभव लिन सक्छन् । 

क्यामेरा मात्र नभएर, प्रविधि र डिजाइनको उत्कृष्ट तर सुन्दर संयोजनले गर्दा यस उपकरणले ‘भीआर गोर्जस’लाई पूर्णरूपमा मूर्त रूप दिने भन्दै भिभो नेपालले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ, ‘भिभोको भरपर्दो नवीन टेक्नोलोजीसहितको स्लीक र फ्युचरिस्टिक डिजाइन बजारमा उपलब्ध अन्य प्रतिस्पर्धाबाट यो डिभाइसलाई अलग राख्ने एउटा बिन्दु हो । यसमा भएको ८ जीबी र्याम र १२८ जीबी–२५६ जीबी रोमको प्रिमियम स्पेसिफिकेशनले उत्कृष्ट अनुभव प्रदान गर्दछ जुन अपरिहार्य छ ।’ 

यो मोवाइल ४०५० एमएएच ब्याट्रीद्वारा संचालित रहेको,  जसमा ४४ वाट फ्ल्यासचार्ज रहेको, जसले प्रयोगकर्ताहरूलाई आफ्नो दैनिक कार्य र गतिविधिहरू भन्दा राम्रो प्रदर्शन गर्ने सो ब्राण्डको भनाई छ । 

भिभोको यो सुन्दर कदमले यी दुई मात्र होइन धेरै मानिसहरूलाई आफ्नो रुपान्तरणबाट खुशी र आत्मविश्वास महसुस गर्न प्रेरित गरेको भिभो नेपालले बताएको छ । ब्रान्डले आफूलाई स्मार्टफोन कम्पनी मात्र नभई मानवीय र मानव भावनाहरूसँग गहिरो रूपमा जोडिएको ब्रान्डको रूपमा सफलतापूर्वक प्रदर्शन गरेको जनाएको छ । 

Advertisement