नेपाल र भारतबीच चार बुँदे सम्झौता, नेपालमा पेट्रोलियम पदार्थ आपूर्तिमा भारतको बढी चासो

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच चार बुँदे सम्झौता भएको  छ । भारतको प्रधानमन्त्री कार्यालय रहेको हैदरावाद हाउसमा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रोहबरमा उक्त सम्झौता भएको हो ।

त्यसअघि देउवा र मोदीबीच तथा र दुई देशको प्रतिनिधिमण्डलबीच छलफल भएको थियो । भारतले पहिलेदेखि नै चासो देखाउँदै आएको पेट्रोलियम पदार्थको आपूर्तिलाई सम्झौतामा जोड दिइएको छ । चीनसँग नेपालले व्यापार तथा पारबहन सम्झौता गरेसँग रुष्ट रहेको भारत चीनबाट नेपालले पेट्रोलियम पदार्थलगायतका वस्तुहरु आपूर्ति नगरोस भन्ने चाहना राखेको देखिन्छ । 

Advertisement

भारतसँग भएका सम्झौताहरुमा दुई देशबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता छन् । 

Advertisement

Advertisement