उपभोक्ताको ढाड सेकाउने गरी इन्धनमा भारी मूल्यवृद्धि, ग्यासमा एकैपटक दुई सय वृद्धि

Advertisement

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा फेरि भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर दुई सय रुपियाँ वृद्धि गरेको हो । 

अब एक लिटर पेट्रोलको १८० रुपियाँ पर्नेछ भने डिजल र मट्टितेलको मूल्य १६३ रुपियाँ र ग्यासको मूल्य एक हजार आठ सय पुगेको छ । त्यस्तै, हवाई इन्धन (आन्तरिक)को मूल्य १० रुपियाँ वृद्धि भई प्रतिलिटर १६६ रुपियाँ कायम गरिएको छ 
। 

Advertisement

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगमले मूल्य समायोजन गरिएको बताएको छ । मूल्य वृद्धिपछि पनि पेट्रोलमा मासिक एक अर्ब, डिजलमा तीन अर्ब ४० करोड र एलपी ग्याँसमा तीन अर्ब घाटा हुने देखिएको निगमको भनाई छ । 

Advertisement

Advertisement