एक्कासी घटाइयो पेट्रोलमा रु. २० र डिजल र मट्टितेलमा २९–२९ रुपियाँ मूल्य

Advertisement

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर रु. २० र डिजलमा प्रतिलिटर रु. २९ रुपियाँ मूल्य घटाएको छ । चर्को जनदबाबका बीच निरन्तर मूल्य बढाउँदै आएको सरकारले शनिबार एक्कासी मूल्य घटाएको हो । 

सत्ता गठबन्धनको बैठकमा इन्धनको मूल्य घटाउने विषयमा छलफल भएअनुसार सरकारले मूल्य घटाउन निगमलाई निर्देशन दिएको देखिन्छ । आज बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । 

Advertisement

यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल र मट्टितेलको १६३ कायम भएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । सरकारले इन्धनमा लाग्दै आएको करमा कमी गर्ने तयारी गरेको छ । 

Advertisement

Advertisement