बजेट निर्माणमा हाम्रो संलग्नता छैन्, आरोप लगाउनेहरुलाई संलग्नता पुष्टि गर्न चुनौति दिन्छौंः निर्वाण चौधरी

Advertisement

काठमाडौं । चौधरी समूहका प्रवन्ध निर्र्देशक निर्वाण चौधरीले बजेट निर्माणमा चौधरी समूहको संलग्नता पुष्टि गर्न चुनौति दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो संलग्नताको पुष्टि गर्न पनि आरोप लगाउनेहरुलाई चुनौति दिएका छन् । 
 
बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ भन्दै चौधरीले बजेट निर्माण प्रक्रियामा चौधरी ग्रुपको कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ भनेका छन् । 

उनले लेखेका छन्, ‘यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ । साथै, उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ ।’ 

Advertisement

चौधरी थप लेख्छन्, ‘यस सम्वन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौँ । यस मामिलामा यदि हाम्रो संलग्नता कहीं कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्नका लागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ ।’

Advertisement

Advertisement