सिटिजन्स बैंकका ग्राहकलाई सत्य ओमकार डेन्टलमा १५ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । सिटिजन्स बैंक र भैरहवा, रुपन्देहीस्थित सत्य ओमकार डेन्टल होम प्रालिबीच विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सत्य ओमकार डेन्टल होमका विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Advertisement

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरि आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ ।  

बैंकले १७८ वटा शाखा, १३० वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट  करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।
 

Advertisement

Advertisement