हरिभक्त शर्मालाई सीएनआई प्रेसिडेन्टस् अवार्ड, रिलायन्स र गणपति पनि पुरस्कृत

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले उक्त परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा सीएनआई प्रेसिडेन्टस् अवार्डबाट सम्मानित गरेको छ ।  

परिसंघको आइतबार सम्पन्न १९औं बार्षिक साधारणसभामा शर्मालाई उक्त अवार्ड प्रदान गरिएको हो । त्यस्तै, परिसंघले निर्यात प्रबद्र्धनमा योगदान पुर्याएबापत गणपति बनस्पती र रिलाइन्स स्पिनिङ मिल्सलाई सीएनआई एक्सपोर्ट अवार्डबाट पनि सम्मानित गरेको छ । 

Advertisement

उनीहरुलाई उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अवार्ड प्रदान गरेका थिए । परिसंघको साधारणसभाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । 
 

Advertisement

Advertisement