इन्धनको मूल्यमा फेरि भारी गिरावटसहित नयाँ मूल्यसुची आयो, मूल्य घटाउन अझै अलमल

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावटसँगै इण्डियन आयल कर्पोरेशनले मूल्य घटाए पनि नेपाल आयल निगमले मूल्य समायोजन गर्न ढिलाई गरेको छ । 

इण्डियन आयलले सोमबार इन्धनको नयाँ मूल्युुची पठाएको हो । प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपियाँ, डिजेलमा १२ रुपियाँ र हवाई इन्धनमा ९ रुपियाँ प्रतिलिटर मूल्य घटेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७८ रुपियाँ मूल्य घटेर आएको छ ।

Advertisement

यसअनुसार नेपाल आयल निगमलाई पेट्रोल र हवाई इन्धनमा नाफा भएको छ । इण्डियन आयलले यसअघि पनि घटेको मूल्यसुची पठाएको थियो । तर नेपाल आयल निगमले नोक्सानी धेरै रहेको भन्दै मूल्य समायोजन गर्न अस्वीकार गरेको थियो । आजको नयाँ सुचीअनुसार मूल्य घटाउने नघटाउने विषयमा निगम सञ्चालक समितिमा छलफल हुने निगमका एक कर्मचारीले बताए । उनका अनुसार निगमको यसअघिको दायित्व नै धेरै भएकाले त्यसको पूर्ति गर्नुपर्ने चुनौति रहेको बताउँदै त्यो कुरालाई समेत मध्यनगर गरेर समितिले निर्णय गर्नसक्ने बताए । समितिको बैठक कहिले बस्छ ? आफूलाई जानकारी नरहेको ती कर्मचारीको भनाई छ । 

Advertisement

Advertisement