सांग्रिला डेभलपमेन्ट बैंकले ४५.२९ प्रतिशतले बढायो खुद नाफा

Advertisement

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आब २०७८/७९ ५९ करोड ५८ लाख रुपियाँ खुद नाफा कमाएको छ । 

बैंकले आज गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।  वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी (ईपीएस) दुबै बढेको छ ।

Advertisement

बैंकले अघिल्लो आव भन्दा गत आवमा ४५.२९ प्रतिशतले खुद नाफा बढाएको हो । अघिल्लो आवमा ४१ करोड रुपियाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा ३४ करोड ८६ लाख रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । 

बैंकको खुद ब्याज आम्दानी ४४.८८ प्रतिशत बढ्दा कूल सञ्चालन आम्दानी १६.२९ प्रतिशत र सञ्चालन नाफा ४६.६९ प्रतिशत बढेको छ ।

वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी ४ रुपियाँ ८१ पैसा बढेर १९ रुपियाँ ७९ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १४१ रुपियाँ ५२ पैसा रहेको छ ।

Advertisement

Advertisement