गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बोलकबोलमार्फत बिक्री खुलाएको छ । कम्पनीले बिहीबारबाट संस्थापक शेयरधनीका नाममा रहेको १ लाख ९ हजार ८११ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीका लागि लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री खुला गरेको हो । 

संस्थापक शेयरमा इच्छुक शेयरधनीले भदौ ३१ गतेसम्म विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट र गरिमा विकास बैंकका विभिन्न शाखा कार्यलयबाट बोलपत्र आवेदन फारम बुझाउनुपर्नेछ । संस्थापक शेयरको मूल्य प्रतिशेयर १०० रुपियाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेस गर्नुपर्नेछ । 

Advertisement

बोलकबोल पेश गर्दा संस्थापकतर्फ न्युनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस बोलपत्र असोज २ गते आइतवार २ बजे एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाटमा खोलिनेछ।

Advertisement

Advertisement