भदौमा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय, व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको कति ?

Advertisement

काठमाडौँ । भदौ महिनामा पनि वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने भएका छन् । 

नेपाल बैंकर्स संघले आगामी महिना अर्थात भदौ महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो । 

Advertisement

वाणिज्य बैंकहरुमा विगत पाँच महिनादेखि निक्षेपको ब्याजदर यथावत छ । गत चैत महिनादेखि मुद्दति निक्षेपको ब्याजदर यथावत् छ । 

संघका अनुसार भदौ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगततर्फ ११.०३ तथा संस्थागततर्फ ९.०३ प्रतिशत हुनेछ । 

रेमिट्यान्स खातामा भने अधिकतम ब्याजदरको १ प्रतिशत बढी दिन पाउने हुँदा १२.०३ प्रतिशत ब्याजदर दिने छन् । 

Advertisement

Advertisement