स्थानीय तहमा एमबीबीएस डाक्टर नभए पनि मुटुको धड्कन छुट्याउनसक्ने जनशक्ति चाहिएको छः ढकाल

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । 

सोमवार नेपाल उद्योग वाणिज्य महसंघले गरेको स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रियामा उनले स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरु उत्पादन गर्ने मेडिकल क्षेत्र निरुसाहित भएको बताए । 

Advertisement

सरकारले त्यस्ता कलेजहरुलाई प्राथमिकता दिनुपर्ने बताउँदै ढकालले सरकारले ७५३ वटै स्थानीय तहमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार पुर्याउन जरुरी रहेका बताए । उनले नेपालमा स्वास्थ्य प्राविधिकहरुको अत्याधिक आवश्यकता रहेको बताए । 

ढकालले भने, ‘सरकारको तर्फबाट स्वास्थ्य क्षेत्रमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार ७५३ वटै स्थानीय तहमा पुर्याउन जरुरी छ । अर्को स्वास्थ्यमा प्राविधिक जनशक्ति एमबीबीएस डाक्टर नभए पनि मानिसको मुटुको धड्कन छुट्याउनसक्ने स्वास्थ्य जनशक्ति आवश्यकता छ । स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरुको देशभित्र धेरै खाँचो छ । अवसर पाए वैदेशिक रोजगारीमा जाने सम्भावना पनि छ । त्यस्तो खालको जनशक्ति तयार गर्ने प्रणाली निरुत्साहित भएको छ । यसलाई राज्यले प्राथमिता दिनुप¥यो । स्वास्थ्य बीमामा केही कमजोरीहरु र सुधार गर्नुपर्ने विषयहरु छन् । स्वास्थ्य बीमा कार्यक्रममालाई डिजिटल रुपमा अगाडि बढाए मात्रै स्वास्थ्य बीमामा राज्यले लिएको उदेश्य पूरा हुनसक्छ ।’

उनले स्वास्थ्य बीमामा भुक्तानी प्रणालीमा केही कमजोरीहरु रहेको भन्दै त्यस्ता विषयहरु सुधार गर्नुपर्ने देखिएको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रममालाई डिजिटल रुपमा अगाडि बढाए मात्रै स्वास्थ्य बीमामा राज्यले लिएको उद्देश्य पूरा हुनसक्ने दाबी गरे । 

Advertisement

Advertisement