फोहोर बोकेर गएका गाडीलाई आज पनि बन्चरेडाँडामा अवरोध
File Photo

Advertisement

काठमाडौं । राजधानी काठमाडौंबाट फोहोर लिएर गएका गाडीलाई बुधबार पनि बन्चरे डाँडा ल्याण्डफिल्ड सायटमा अवरोध गरिएको छ । 

प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने क्रममा अवरोध गरिएपछि दुई पक्षबीच झडप भएको छ । त्यस क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रण लिएको छ । 

Advertisement

प्रहरीले स्कटिङ गरेर फोहोरका गाडी अगाडि बढाउन थालेपछि माथिबाट समेत ढुंगा हाल्ने काम भएको थियो । स्थानीयले भने आफूहरुका माग सम्बोधन नगरी प्रहरीले बल प्रयोग गरेर फोहोर फाल्न खोजेकाले विरोध गर्नुपरेको बताएका छन् । 

फोहोरको गाडीको लागि सुरक्षाका लागि अहिले बन्चरेडाँडामा सयौं प्रहरी परिचालन गरिएको छ । अघिल्ला दिनमा पनि स्थानीयको अवरोधका बीच आंशिक गाडिहरुले मात्रै फोहोर विसर्जन गरेका थिए । 

Advertisement

Advertisement