सनराइज बैंकले भदौ महिनाभरी ल्यायो अफरै अफर

Advertisement

काठमाडौं । सनराइज बैंकले भदौ महिनाभरी अफरै अफर ल्याएको छ । 

महिलाहरुको महान चाड हरितालिका तीज रहेको भदौ महिना, महिलाहरुको लागि विशेष महिना मानिन्छ । महिलाहरुलाई प्राथमिकता दिदै आएको बैंकले महिलाहरुका लागि यस महिना विशेष योजना ल्याएको हो । 

Advertisement

तीजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्य नजर गर्दैै बैंकले भदौ १ गतेदेखि १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा रु ५०० नबढ्ने गरी क्यासव्याक दिने व्यवस्था गरेको छ । 

साथै भदौ महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि फ्रि डेबिट कार्ड, फ्रि बोबाइल बैंकिङ, फ्रि डिम्याट, फ्रि मेरोशेयर, फ्रि क्रेडिट कार्ड  तथा गरगहना राख्नको लागि लकर सुविधा लिन सकिने, जस्मा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।

बैंकले सनराइज नारी बचत खातामा रु १०,००० सम्मको प्रसुती खर्च र रु ५ लाख सम्मको घातक रोग खर्च दिंदै आएको छ । साथै स्वास्थ्य योजना अन्तर्गत रु १ लाखसम्मको स्वास्थ्य बीमा र रु ५ सम्मको दुर्घटना बीमा समेत दिंदै आएको छ । 


 

Advertisement

Advertisement